बुटवलका दुई स्थानमा केवलकार चल्ने पक्का

  • सार्वजनिक सुनुवाई सकियो, गोलपार्क देखि बसन्तपुर सम्म चल्ने
  • बुटवल, फाुगन । बुटवल फुलबारी देखि पाल्पाको नुवाकोट सम्म सिद्धार्थ केवलकार अहिले निर्माणाधीन अवस्थामा छ । यस्तै अर्को स्थान बुटवलको गोलपार्क देखि पाल्पा जिल्लाकै बसन्तपुर डाँडामा पनि केवलकार निर्माण प्रक्रिया आगाडी बढेको छ । बुटवलबाट पाल्पाको बसन्तपुरका लागि संचालन गर्ने केबुलकारको वातावरणिय प्रभाव मुल्याङन प्रतिवेदनका बिषयमा आज सरोकारवाल र स्थानिय जनताका बिचमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड ३ बमघाट देखि पाल्पाको तिनाउ गाउपालिका वार्ड नं ३ बसन्तपुर सम्म जम्मा तीन किलोमिटर दुरीमा केबुलकार संचालन गरिने प्रस्ताव सहित आज केबुलकारको सुरु र अन्तिम स्टेशन रहने स्थानका स्थानिय बासिन्दाका बिचमा केबुलकार संचालन गर्ने कम्पनि लुम्बिनी केवलकार प्रा।लि। ले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

    त्यस अवसरमा स्थानियले केबुलकार संचालन गरिने क्षेत्र चुरे पहाडको संरचना निक्कै कमजोर अवस्थाको रहेकाले यसको संरचनालाई खलल नपर्ने गरि यसका संरचना निर्माण हुनुपर्ने सुझाव दिएका छन् ।

    स्थानिय बासिन्दाले केबुलकार निर्माण गर्दा स्थानियहरुले वातावरणिय सरक्षण गर्दै स्थानियले प्रयोग गर्ने पानिको स्रोत जोगाएर काम गर्न समेत सुझाव दिएका छन् ।
    सार्वजनिक सुनुवाइ कार्यक्रममा बुटवल बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा बुटवल बोटानिकल गार्डेन समितिका अध्यक्ष समेत रहनुभएका बुद्ध बहादुर बस्नेतले केबुलकारले रोजगारी, बिकास र पर्यटन पर्वद्धनमा महत्वपुर्ण अवसर सिर्जना गर्ने भएकाले वातावरणिय संरक्षणलाई ध्यानमा राखेर काम गर्न सुझाव दिनुभयो ।

    राष्ट्रपति तराई मधेश चुरे संरक्षण समिति कार्यालयका प्रमुख प्रेम पौडेलले वातावरणिय, प्रकृति र भुगोल मैत्री अवधारणाले केबवकारको संरचना निर्माण गनुृपर्नेमा जोड दिनुभयो । उहाँले स्थानियको चासोमा आयोजनाले चासो राखेर सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
    उहाँले केबुलकार निर्माण गर्दा प्राकृतिक क्षतिलाई न्युनिकरण गर्दै वातावरणिय संरक्षणका लागि स्रोत बढाउने तर्फ ध्यान दिनसके यस क्षेत्रका लागि राम्रो अवसरको रुपमा स्थापित हुने बताउनुभयो ।

    बुटवल उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख रामप्रसाद रेग्मीले बुटवलको पर्यटन बिकास र समृद्धि संग यो योजना जोडिएकाले स्थानिय जनताको चाहना अनुरुप नगरपालिकाले अभिभावकिय र संरक्षकको जिम्मेबारी लिने बताउनुभयो ।
    उहाँले केबुलकार संचालन हुदा बुटवलको पर्यटकिय पुर्वाधार बिकासमा महत्वपुर्ण हुने बताउदै बुटवलको पर्यटकिय बिकास निजी र साझेदारीका माध्यमबाट अघि बढाइने स्पष्ट पार्नुभयो ।

    स्थानिय बुद्धिजिबी परशुराम ढकालले चुरे पहाडको संरचना आफैमा कमजोर रहेकाले यसलाई भुगर्व बिज्ञहरुबाट अध्ययन गरेर काम अघि बढाउन सुझाव दिनुभयो ।
    उहाँले केबुलकारको संचालन संगै यसले स्थानिय जनतालाई आरक्षणको ब्यवस्था गर्नुपर्ने सुझाव समेत दिनुभयो ।
    कार्यक्रममा अर्का स्थानिय मैया भट्टराईले बुटवलको समृद्धिमा यो महत्वपुर्ण हुने बताउदै यसका वरपरका क्षेत्रमा समेत बिकास निर्माणमा ध्यानाकर्षण गराउनुभयो ।
    बुटवल उपमहानगरपालिका वार्ड नं। ४ का अध्यक्ष टंक पराजुलीले बुटवलको पर्यटन पर्वद्धनमा महत्वपुर्ण अवसर आएको बताउनुभयो ।
    यस्तै आजनै यसको दोस्रो स्टेशन पाल्पाको तिनाउ गाउपालिका वार्ड नं। ३ मा समेत सरोकारवाला स्थानिय जनताका बिच सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा प्रदेशसभा सदस्य बसन्त घर्तिमगरले केबुलकार संचालन गर्दा स्थानियलाई अवसरको सिर्जना गर्ने ब्यवस्था हुनुपर्ने र वातावरणिय संरक्षणमा ध्यान दिनु सुझाव दिनुभयो ।
    चन्द्रागिरी हिल्स केबुलकार प्रा।लि।का संचालक अम्बिका प्रसाद पौडेलले केवलकारको संरचना आधुनिक र वातावरणिय संरक्षणमा बिशेष ध्यान पुर्याइने बताउनुभयो ।

    उक्त केबुलकारको निर्वाण संगै बसन्तपुरमा अत्याधुनिक पाँच तारे होटल समेत स्थापना गरेर यस क्षेत्रलाई पर्यटकिय गन्तब्यको रुपमा स्थापित गर्ने योजना प्रस्तुत गरिएको थियो । उक्त योजना रु। ३ अर्व ५२ करोडको अनुमानित लागत प्रस्तुत गरिएको थियो ।
    यस्तै गाउपालिका अध्यक्ष ओमबहादुर घर्तिले गाउपालिकामा पर्यटन प्रवद्र्धनमा अवसर सिर्जना हुने बिश्वास ब्यक्त गर्नुभयो ।

    सार्वजनिक सुनुवाई कार्याक्रममा बुटवल उपमहानगरपालिका वार्य नं। ५ का अध्यक्ष तेजप्रसाद सुनार, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि सी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेमबहादुर हमाल, रुपन्देही उद्योग संघका उपाध्यक्ष बाबुराम बोहरा लगायतले यस क्षेत्रको पर्यटन पवद्र्धनमा अवसरको रुपमा आएको बताउनुभयो ।