बुलबुलका चोपेन्द्रले बुटवलमा भने–‘तिम्रा खुट्टा त काँपेचन् है,डराइचौ र हय ?’

  • दर्शकसंग अन्तरसम्बाद
  • बुटवल, फागुनपछिल्लो समय चर्चामा रहेको नेपाली चलचित्र बुलबुलका नायक मुकुल भुषाल बुटवलमा भेटिए । फिल्मी प्रवेश र सफलतालाई उनले बुटवलमा केक काटेर आफनो दर्शकहरुसंग रमाए ।
    जब एक जना दर्शकको मागमा उनले फिल्मीशैलीमा अर्घाखाचीको लयमा ‘ तिम्रा खुट्टा त कापेका छन है, डराइचौ र हय ?’ भने सबै दंग परे ।

    गाउमा रहदा टिभिमा भारतीय कलाकारहरुको अभिनयबाट पे्ररित भएर लागेको बताउने उनले नेपालको कलियुडमा प्रवेश गर्न धेरै मेहनत गरेको बताए । फिल्ममा चोपेन्द्रको भुमिकामा रहेमा उनलाई दर्शकले त्यही नाम रोज्नुको कारण समेत सोधे ।

    आफु हिरो नभई एउटा क्यारेक्टरमा रहेको कलाकार भएको उनले बताए । ‘म हिरो नभएर क्यारेक्टर आरटिट्स हु ।’– उनले भने । सबैको सोचमा हिरो भनेको लामो कपाल पाल्ने, अजंगको शरीर हुनुपर्छ भन्ने हुन्छ तर त्यो भन्दा पनि एउटा कलाकार हुनु र निभाउन मेहनत गर्नुपर्ने उनले बताए । फिल्मको अन्त्यको बारेमा धेरै दर्शकले बुझन नसकेको विषयमा प्रष्टयादै उनले भिज्युल ल्याङ्गवाईले चोपेन्द्र विदेश गरेको उनले प्रस्टयाए ।

    रेप्पड कम्युटर इन्टिच्युटको आयोजना र नटराज कला केन्द्रको संयोजनमा बुटवलमा भएको कार्यक्रममा चलचित्रका कलाकार भुषालले बुलबुल फिल्मसंगै उनले आफना चरित्रको बारेमा दर्शकका गुनासा र चाहना बुझने अवसर पाए ।  लामो दारीजुङ्गामा प्रवेश गरेका उनलाई स्टेजमा पुग्दासम्म दर्शकले चिन्नै सकेनन ।  ‘विदेश पलाएन कुरा भिजुअलबाट देखाइएको छ ।’– उनले भने । अर्घाखाचीको ठेट भाषा र लबज प्रयोग भएकाले यस क्षेत्रका दर्शकहरुलाई मन परेको उनले बताए । सिनेमामा समाज देखिनुपर्ने उनको तर्क रहेछ । नेपाली फिल्ममा केही शब्द चयनलाई ध्यान दिन दर्शकबाट उनले सुझाव दिदा लेखकले जे लेख्छ त्यो आफुले फिल्ममा निभाएको बताए । अमिताभ बच्चनका फिल्म हेरेर त्यसप्रतिको आर्कषणले फिल्म लाईनमा अध्ययन गरेर प्रवेश गरेको उनले बताए ।

    फिल्मको शुरुवात जसरी भएको छ त्यसअनुसार समापन छैन भन्ने गुनासा समेत केही दर्शकबाट आए । फिल्मले रणकलाको जिवनमा आउने उतारचढावलाई बुलबुल फिल्मको नामकरणले पुष्टि गर्ने उनले तर्क दिए । यो एउटा फिल्समात्र नभई कुनै स्थानमा घट्ने घटनाक्रमको डकुमेन्टेसन भएको दाबी समेत उनले गरे । बिनोद भुषालको निर्देशनमा काम गर्दा धेरै सिकाई भएको उनले बताए ।

    भारतमा चलचित्रमा डिग्रि सकेर नेपालमा फिल्म खेल्नैका लागि आएको बताए । नया युवा प्रतिभालाई अवसर दिन सक्दो सहयोग गर्ने समेत बताए । हरेक मान्छेको फरक फरक चाहना हुन्छ र त्यो भावनालाई फिल्मले बताएको उनले बताए । काठमाडौमा स्टगलमा रहेको युवाको कथा बताएको छ । डान्समा जिरो भएपनि डान्स डाइरेक्टर कविराज गहतराजको साथले राम्रो मुभहरु मार्फत गित चर्चित भएको बताए ।ठेयटरबाट फिल्ममा प्रवेश गर्दा धेरै अनुभवहरु प्राप्त हुने उनले बताए ।

    फिल्ममा प्रवेश गर्नभन्दा अघि नै नेपाली र भारतिय गरि सय बढि क्यारेक्टर निभाएकाले फिल्म गर्न सहज भएको उनले बताए ।आयोजक संस्था नटराज कला केन्द्रका सपना राना कलाकारहरुलाई ले दुबै पक्षलाई फाईदा मिल्ने बताए । आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले बताईन ।ग्यालेक्सीका संचालक निलकण्ठ अधिकारी, कार्यक्रम संचालक संजय चौधरीले कलाकार भुषाललाई मायाको चिनोसमेत दिए ।