‘बधशाला निर्माणको विकल्प छैन’

बुटवल, फागुन रुपन्देहीका मासु व्यवायीहरुले जिल्लामा मासुको माग बढीरहेका कारण एकीकृत पशु बधस्थलको अपरिहार्यता बढ्दै गएको बताएका छन् । बढ्दो होटेल तथा रेष्ट्रुेरेण्ट संगै मासुको माग पनि बढेकाले गुणस्तरयुक्त बधस्थलको आवश्यकता झनै पेचीलो बन्दै गएको शनिबार बुटवलमा भेला भएका मासु व्यवसायीहरुले बताएका हुन् ।

मासु व्यवसायी संघ रुपन्देहीको नवौं साधारणसभाका अवसरमा बुटवलमा आयोजित एक कार्यक्रमा बोल्दै उनिहरुले एकै स्वरमा आफुहरु बधशालाको विरोधी नभएको बरु त्यसको निर्माणमा विषेश पहल जारी राखेको सन्देश दिए ।

साधारणसभामा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रसासकिय अधिकृत राजेन्द्र सिग्देलले बधशालाको पुर्वाधार निर्माणमा उपमहानगरपालिकाले प्रदेशसरकारसंग हातेमालोगरेर काम अगाडी बढाएको बताउनुभयो ।

उहाँले नेपालकै लिडिङ बधशालाको रुपमा निर्माण गरिने पनि जानकारी दिनुभयो । विज्ञताको अभावमा बधशालाको अनतीम डिपिआर तैयार गर्न केही समय लागिरहेको भएपनि त्यसलाई छिट्टै टुङ्गयाईने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘थ्री पि मोडेलबाट बधशालाको कसरी संचालन गर्न सकिन्छ भन्नेबारे कानुनी दस्तावेजहरु अध्ययन गरिरहेका छौं ।’ उहाँले भन्नुभयो ।

मासुव्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलले नयाँ पुस्तालाई मासु व्यवसायमा आकर्षित गर्न मासु व्यवसाय व्यवस्थीत हुनुपर्ने बताउँदै यसकालागि मासु बधशालाको निर्माण छिटो भन्दा छिटो हुनुपर्ने बताउनुभयो छ । बधशाला निर्माण प्रक्रिया लम्बिदा उपमहाजगरपालिकाले बुटवल औद्योगिक क्षेत्रलाई बिनासित्तै भाडा तिरीरहेको भन्दै उहाँले त्यसको निर्माणमा ढिला गर्नै नहुने बताउनुभयो ।
त्यस्तै उपभोक्ता हित संरक्ष्गण मंच रुपन्देहीका अध्यक्ष नोर्बु लामाले उपभोक्ताले उपभोग गर्ने मासुको गुणस्तर प्रमाणिकरणका लागि पनि बधशालाको निर्माण जरुरी रहेको बताउनुभयो । बधशाला निर्माणपछी एकीकृत रुपमा मासु उत्पादन प्रक्रियाको अनुगमन गर्न सकिने यहाँले बताउनुभयो ।

कार्यक्रममा हेफर ईण्टरनेशनलका अनन्त शिलवाल, रुपन्देही उद्योग संघका उपाध्यक्ष माधव पौडेल, मासु व्यवसायी संघ रुपन्देहीका संस्थापक सचिव दिपक आचार्यलगायतले बोल्नुभएको थियो । वीरेन्द्र लामाको स्वागत रहेको कार्यक्रमको संचालन संघका जिल्ला महासचिब चुडामणी घिमिरेले गर्नुभएको थियो ।