अन्तःशुल्कमा कार्यरत कर्मचारी संघ गठन

  • भेलाबाट बासुदेव पाण्डे अध्यक्षमा चयन भएका छन्
  • बुटवल,  फागुन । लुम्बिनी अञ्चलका विभिन्न स्थानमा रहेका उद्योगहरुमा अन्तशुल्क सम्बन्धी काम गर्दै आएका कर्मचारीहरुको भेला रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ वनबाटिकामा सम्पन्न भएको छ । भेलाबाट अन्तःशुल्क व्यवसायी कर्मचारी संघ लुम्बिनी गठन गरिएको छ । सर्वसम्मतरुपमा भेलाबाट बासुदेव पाण्डे अध्यक्षमा चयन भएका छन् ।

    यस्तै बरिष्ठ उपाध्यक्ष ऋषि भुर्तेल, उपाध्यक्षमा नविन घिमिरे चयन भएका हुन । यस्तै सचिवमा कमल ज्ञवाली, सह सचिवमा महोन क्षेत्री, कोषाध्यक्षमा अरुण श्रेष्ठ र सह कोषाध्यक्षमा हिमाल ज्ञवाली चयन भएका छन् ।
    यस्तै सदस्यहरुमा कमल बाकामलन, माधव कण्डेल, प्रदिप बस्याल र रवि कार्की चयन भएका हुन । यस्तै बरिष्ठ सल्लाहकारमा महेश ज्ञवाली र सल्लाहकारमा सुर्य प्रसाद बस्याल र कृष्ण रानालाई चयन गरिएको छ ।
    भेलामा बोल्दै नव निर्वाचित अध्यक्ष बासुदेव पाण्डेले पहिलो पटक भेला आयोजना गरिएको जानकारी दिदै आगामी दिनमा विभिन्न समाजिक कार्यक्रम समेत अगाडी बढाउने बताएका थिए । यस्तै उनले अहिले लुम्बिनी क्षेत्रमा विभिन्न उद्योगहरुमा अन्तशुल्क(भ्याट)को काम गर्दै आएका कर्मचारीहरु संगठीत भएकोमा निकट भविश्यमा प्रदेश ५ स्तरिय कमिटि गठन गर्ने योजना बनाइएको जानकारी दिए ।