बुटवलमा राष्ट्रिय स्तरको दोहोरी गीत प्रतियोगीता सुरु

  • पाँचौ अर्ना राष्ट्रिय खुल्ला रनिड्डशिल दोहोरी गीत प्रतियोगिता तथा साँस्कृतिक महोत्सव’
  • बुटवल, फागुन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्यसमितिको आयोजना तथा जिल्ला कार्यसमिति रूपन्देहीको सहआयोजनामा बुटवलमा राष्ट्रिय स्तरको खुल्ला रनिङ्ग शिल्ड प्रतियोगीता सुरु भएको छ ।

    नाम दिएको कार्यक्रममा राष्ट्रि«य लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहका पुरुषोत्तम न्यौपानले उद्घाटन गरे । कार्यक्रममा बोल्दै न्यौपाने जागरणको लागि सबैसंगको एकता आवश्यता रहेको बताए । उनले सबैको सहयोग विना प्रतिष्ठा एक्लैले अगाडी बढाउन नसक्ने भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए ।

    कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्र पंगेनीले सबैको सहयोग भएमा नेपाली लोक दोहोरीले राम्रो फड्को मार्ने बताएका थिए ।
    आगामी २५ गते सम्म संचालन हुने उक्त प्रतियोगिता विगतका वर्षहरूमा राजधानीमा हुँदै आएको यो प्रतियोगिता पहिलो पटक राजधानी बाहिर पहिलो पटक आयोजना भएको हो ।
    प्रतियोगितामा देशभरका २ हजार बढि कलाकारहरूको सहभागिता रहने र पचास हजार बढि दर्शकको उपस्थिती रहने अपेक्षा गरीएको सह आयोजक संस्थाका अध्यक्ष दिपक गरौजाले बताए । कार्यक्रममा बोल्दै अध्यक्ष गरौजाले राजधानी बाहीर पहिलो पटक रुपन्देहीले यो प्रतियोगिता आयोजना गर्नै अवसर पाएको भन्दै यसलाई भव्य रुपमा सफल पानू हामी सबै रुपन्देहीबासीको प्रतिष्यठाको विषय रहेको बताए ।
    प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, द्वितीय हुनेलाई १ लाख बिस हजार, तृतीय हुनेलाई ७० हजार र सान्त्वना हुनेलाई ३५ हजार रूपैया पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै उत्कृष्ट गायक गायिकालाई जनही १५ हजार रूपैया पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, प्रतिष्ठानका आर्थिक सल्लाहकार तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्ग, प्रतिष्ठानका पुर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा, नेपाल मगर संघ रुपन्देहीकी अध्यक्ष गिता सारु, नेपाली काग्रेसका नगर सभापती खेलराज पाण्डे, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिल बहादुर मल्ल लगायतले बोलेका थिए ।

    भलिवल प्रतियोगीताको तयारी तिब्र
    यस्तै यही दोहोरी प्रतियोगिताकै अवसर पारेर मणिमुकुन्द भलिवल क्लबको आयोजनामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता पनि तिब्र पारिएको छ । जुन प्रतियोगितामा १२ जिल्लाका खेलाडीहरूको सहभागिता रहने आयोजकले जानकारी गराएको छ । भने प्याराफिट निर्माण लगायतको कार्यक्रम पुरा भएको अध्यक्ष मिलन थापाले जानकारी दिए ।