खेलकुद सप्ताह तथा पुरस्कार बितरण सम्पन्न

  • देवदह मेडिकल कलेज भलुहि रुपन्देहिमा खेलकुद सप्ताहको समापन तथा पुरस्कार बितरण
  • देवदह देवदह मेडिकल कलेज भलुहि रुपन्देहिमा खेलकुद सप्ताहको समापन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

    कलेज सञ्चालन समितिका अध्यक्ष निलकण्ठ काफ्लेको अध्यक्षता, सञ्चालक डा. रजनिश जिन्दलको प्रमुख अातिथ्यता, प्रमुख प्रशासकीय अधिकृत माधव सापकोटा, खेल संयोजक उपप्रध्यापक बिक्रम खड्का, डा. बिक्रम काफ्ले, डा. ज्योति राना, धन बहादुर बलाल लगायतको अतिथ्यता, बरिस्ठ प्रशासकीय अधिकृत बिनोद घिमिरेको सञ्चालन, कलेज सम्बद्ध विभिन्न ब्यक्तित्व तथा विद्यार्थीको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    गत फागुन १२ गते देखि सञ्चालित सो खेलकुद सप्ताहमा विभिन्न दुरिका दौडहरु, लङ्गजम्प, सटफुट, चेस, कबड्डि, भलिबल, क्रिकेट, फुटबल, फुटसल, लगायतका खेल तथा नृत्य प्रतियोगिता सम्पन्न भएका छन । खेलको प्रकृति हेरिकन विद्यार्थीहरुले ब्यक्तिगत तथा समुहगत पुरस्कार जितेका छन ।

    खेलमा महत्त्वपूर्ण मानिने क्रिकेट(छात्र)मा एच.ए. दोस्रो बर्षले प्रथम स्थान, फुटबल तर्फ एमबीबीएस(छात्र) दोस्रो बर्षले प्रथम स्थान, भलिबल तर्फ नर्सिङ प्रथम बर्षले प्रथम स्थान, छात्र तर्फ एचए प्रथम बर्षले प्रथम स्थान हासिल गरेका छन ।

    क्रिकेटमा अशोक साहानी, फुटबलमा निरञ्जन अर्याल, फुटसलमा यमुना सेरपुजा, भलिबल (छात्रा) मा सिबिका बोहरा तथा भलिबल (छात्र) अशोक साहानी उत्कृष्ट खेलाडी घोषित भए भने छात्रा तर्फ रेनुका भट्टराई र छात्र तर्फ निरञ्जन अर्याल कलेजका उत्कृष्ट वर्ष खेलाडी घोषित भए ।

    खेलमा बिजयी विद्यार्थीहरुलाई अध्यक्ष, प्रमुख अतिथि, विभिन्न बिभाग प्रमुख तथा अतिथिहरुले अबिर, सिल्ड, मेडल र प्रमाण पत्रले पुरस्कृत गर्नु भयो । कार्यक्रमका अध्यक्ष निलकण्ठ काफ्लेले खेलकुदले विद्यार्थीको शैक्षिक प्रगतिकोलागी उर्जा प्रदान गर्ने बताउँदै यस्ता अतिरिक्त क्रियाकलाप कलेजले निरन्तर सञ्चालन गर्दै लैजाने बताउनु भयो

    । सो पुरस्कार बितरण कार्यक्रममा डा. रजनिश जिन्दल, डा. ज्योति राना, धनबहादुर बलाल, विद्यार्थीहरु रेनुका भट्टराई, अाबिस्कार पराजुली तथा हस्बुल्लाह खान लगायतले मन्तब्य राख्नु भएको कुरा सो कलेजका सुचना अधिकृत कृष्ण घिमिरेले बताउनु भयो ।