तपाहको सिद्वेश्वर मन्दिरमा भक्तजनको भीड

  • शिवलाय मन्दिरहरुमा भक्तजनको घुइचो
  • बुटवल,  फागुन । महा शिवरात्री पर्वको अवसरमा रुपन्देहीको तिलोत्तमा नगर क्षेत्रमा रहेका शिवलाय मन्दिरहरुमा भक्तजनको घुइचो लागेको छ । हिन्दु धर्मालम्वीहरु विहानैदेखि मन्दिरमा आजापूजा गर्नका लागि लाईन लागेका थिए । तिलोत्तमा २ तपाहमा रहेको सिद्वेश्वर महादेव मन्दिरमा विहानैदेखि भक्तजनको घुइचो लागेको थियो ।

    तिलोत्तमा नगरपालिकामा रहेका मन्दिर मध्ये पुरानो मन्दिरमा शिवरात्रीको अवसरमा विशेष धार्मिक कार्यक्रमको आयोजना गरिएको थियो । धार्मिक आस्था राख्ने भक्तजनलाई मन्दिरमा आजापूजा गर्नका लागि सहज होस् भन्ने उद्वेश्यले उचित व्यवस्थापन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खिलबहादुर पौडेलले बताए ।

    त्यस्तै शंकरनगरका कैलासकुट शिव मन्दिर, शिवालय मन्दिर लगायतका शिव मन्दिरहरुमा आजापूजा गर्ने भक्तजनको घुईचो लागेको थियो ।