शिवालयहरुमा श्राद्धालुको घुईचो, शिद्धबाबामा एकै दिन ३५ हजारले गरे दर्शन

  • गत वर्षमा भन्दा दोब्बर
  • बुटवल । महाशिवरात्रीको अवसरमा रुपन्देही र पाल्पाको सीमा क्षेत्र सिद्धबाबा मन्दिरमा आज एकै दिन ३५ हजारश्रद्धालु भक्तजनले पूजा तथा दर्शन गरेका छन । सोमवार महाशिवरात्री परेकाले पनि यस वर्ष सिद्धबाबामा श्रद्धालु भक्तजन गत वर्षमा भन्दा दोब्बर बढी आएका छन ।
    श्रद्धालु भक्तजनको सुबिधालाई हेरेर मन्दिर बिकास समितिले बिहान ३ बजेदेखि नै पूजा र दर्शनको व्यवस्था मिलाएको थियो । बिहान ३ बजेदेखि साझ ५ बजेसम्म २३ हजार श्रद्धालु भक्तजनले मन्दिरमा पूजा तथा दर्शन गरेको मन्दिर बिकास समितिका अध्यक्ष दल बहादुर गुरुगंले जानकारी दिनुभयो ।
    श्रद्धालु भक्तजनको सुबिधाका लागि सिद्धबाबा मन्दिर बिकास समितिले अस्तिदेखि सुरु गरेको निशुल्क धार्मिक बस सेवाका अतिरिक्त ४ वटा बस बुटवलबाट सिद्धबाबा मन्दिर आवत जावतका लागि व्यवस्था गरेको थियो ।

    तिनाउ गाउपालिका वडा नम्वर ३ का वडाअध्यक्ष तथा मन्दिरका कोषाध्यक्ष प्रेम पाण्डेले यस वर्षको शिवरात्री सोमवार परेकाले मन्दिरमा बिशेष व्यवस्था गरेको र अनुमान भन्दा पनि बढी श्रद्धालु भक्तजन आएको बताउनु भयो । गतवर्ष महाशिवरात्रीमा सिद्धबाबामा १२ हजार भक्जनले पूजा गरेकोमा यस वर्ष २३ हजार श्रद्धालु भक्तजन आएका हुन ।

    सिद्धबाबा दर्शनका लागि पाल्पा र रुपन्देहीका अतिरक्त नवलपरासी कपिलवस्तु र अन्य बिभिन्न जिल्लाका श्रद्धालु आएको बिकास समितिका सदस्य तोया लम्सालले बताउनु भयो ।
    मन्दिरमा आउने श्रद्धालुको सेवाका लागि २ सय स्वयंसेवक समेत परिचालन गरीएको थियो ।
    महाशिवरात्रीका अवसरमा यसक्षेत्रका रुपन्देहीको नरैनापुर मन्दिर, पर्रोहाको बोलबमधाम,बुटवलको निलकण्ठबाबाधाम, मुक्तिनाथ बाबा धाम, शंकरनगरको कैलाशकुट शिवमन्दिर, कपिलवस्तुको शिवगढी मन्दिर लगायतका मन्दिरमा शिवभक्तहरुको दिनभरी नै घुइचो लागेको थियो ।