१३ तस्वीरमा हेर्नुहोस् यस क्षेत्रका शिवालयहरुमा दर्शनार्थीहरुको घुईचो

  • विहान देखि लाईन, साँझ सम्म शिवको पूजा आरधना
  • बुटवल, फागुन । देशभर सोमबार महाशशिवरात्री पर्व मनाइएको छ । विहान देखि नै देवादीदेव महादेव शिवको पुजा आरधना गरी महाशिवरात्री पर्व मनाइएको हो । प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवल र यस आसपासमा रहेका विभिन्न शिवालय मन्दिरहरुमा दर्शनार्थीहरुको बाक्लै घुईचो देखिएको थियो ।

    सोमबार दिन पवित्र दिन परेको कारण पनि दर्शालुहरु गत बर्ष भन्दा यस बर्ष दोब्बर बढि मात्रामा मन्दिरमा उपस्थिती रहेको विभिन्न मन्दिर व्यवस्थापन समितिले जनाएको छ। रुपन्देहीको पश्चिमको पशुपतीको रुपमा पहिचान बनाएको पर्रोहा परर्मेश्वर बोलबम धाम, पाल्पाको तिनाउ गाउपालिका वडा नम्बर ३ मा रहेको शिद्धबाबा मन्दिर, नरेनापुर मन्दिर निलकण्ठबाबाधाम, मुक्तिनाथ बाबा धाम, शंकरनगरको कैलाशकुट शिवमन्दिर, कपिलवस्तुको शिवगढी मन्दिर लगायतका मन्दिरमा शिवभक्तहरुको दिनभरी नै घुइचो लागेको थियो ।

    हेरौ यस क्षेत्रका विभिन्न शिवालयहरुमा दर्शनार्थीहरुको भिड । तस्वीरः सामाजिक सञ्जालबाट ।