प्रदेश स्तरीय भलिबल प्रतियोगिता शुरु (फोटो फिचर)

  • उद्घाटन खेलमा रुपन्देही बिजयी
  •  बुटवल । छैठौं मणिमुकुन्द कप ५ नम्बर प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखी बुटवलमा शुरु भएको छ । मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले आयोजना गरेको प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले उद्घाटन गरे ।

    प्रदेश ५ का ६ जिल्लाको सहभागीता रहेको प्रतियोगिताको आज सम्पन्न उद्घाटन खेलमा जिल्ला भलिबल संघ रुपन्देही बिजयी भएको छ ।


    रुपन्देहीले जिल्ला भलिबल संघ बाँकेलाई २५— ११, २५—२२ र २५—१७ को सोझो सेटका पराजित गर्दै प्रतियोगितामा आफ्नो यात्रा जारि राखेको छ ।

    प्रतियोगिताको दोस्रो दिन भोलिको पहिलो खेलमा जिल्ला भलिबल संघ अर्घाखाँचीले जिल्ला भलिबल संघ गुल्मिको सामना गर्नेछ भने दोस्रो खेलमा जिल्ला भलिबल संघ बाकेले जिल्ला भलिबल संघ नवलपरासिको सामना गर्ने प्रतियोगिताका संयोजक तथा मणिमुकुन्द भलिबल क्लबका संरक्षक सुरेन्द्र गुरुङ्गले जानकारि दिए ।

    फागुन २४ गतेसम्म संचालन हुने प्रतियोगिताको प्रथम हुने टिमले नगद १ लाख १ हजार, द्धितिय हुनेले टिमले ७७ हजार , तृतीय हुनेले नगद ४४ हजार प्राप्त गर्नेछन भने सान्त्वना हुने टिमले नगद २२ हजार पुरस्कार प्राप्त गर्नेछन । नगद पुरस्कारको साथमा आकर्शक कप, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने क्लवका अध्यक्ष मिलन रानाले पत्रकार सम्मेलनमा जानकारी दिए । त्यस्तै अन्य बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यावस्था गरिएको क्लबले जनाएको छ ।

    मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष मिलन रानको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रम संयोजक तथा क्लवका संरक्षक सुरेन्द्र गुरुडको स्वागत र सचीव मेघराज भट्टराईको संचालानमा सम्पन्न भएको क्लबका बरिष्ठ उपाध्यक्ष लोकेन्द्र भण्डारीले जानकार दिए ।