कपिलबस्तुमा गोली चल्यो, विप्लवका कार्यकर्ता घाइते

  • दुर्गाबहादुर रोका घाइते
  • कपिलवस्तु – कपिलबस्तु शिवराज नगरपालिकामा विप्लवका कार्यकर्तामाथि गोली प्रहार भएको छ । प्रहरीको गोली लागेर विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ता घाइते भएका छन् ।

    बिहिबार घर खानतलासी गर्ने क्रममा भागेका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको थियो । गोली लागरे दुर्गाबहादुर रोका घाइते भएका छन् ।  उनको खुट्टामा गोली लागेको छ । उनको लुम्बिनी अञ्चल अस्पाल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ ।