लायन्स क्लवको आयोजानमा निःशुल्क आँखा शिविर सम्पन्न

  • लायन्स क्लब अफ बुटवल स्टार्स र लायन्स क्लब अफ डायनामिक लेडी (एनएलएफ) को संयुक्त आयोजना
  • बुटवल, फागुन लायन्स क्लब अफ बुटवल स्टार्स र लायन्स क्लब अफ डायनामिक लेडी (एनएलएफ) को संयुक्त आयोजनामा मंगलबार निःशुल्क आँखा शिविर भएको छ ।

    खराब मौसम र हावा हुरी लागेको बेला आँखामा बढी प्रभाब हुने भएकाले एक कार्यक्रमको बिच बुटवल उप—महानगरपालीका वडा नं. ३ गोलपार्कस्थित शिशु ज्ञानकुन्ज मन्टेशोरी स्कुलमा निःशुल्क १ दिने आँखा शिविर सन्चालन गरेको हो ।

    लायन्सको अन्तर्राष्ट्रियको योजना अनुरुप पहिलो प्राथामिकता आँखा रहेकोले १ दिने शिविर सन्चालन गरिएको हो । शिविरमा २८३ जनाले निःशुल्क आँखा जाँच गरेका थिए भने ११ जनालाई बुटवल आँखा अस्पतालले चस्मा वितरण गरिएको थियो ।

    शिविरमा बुटवल लायन्स आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत इन्दिरा जोसीको टिमले आँखा विरामीको आँखा जाँच गरेका थिए ।

    कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका डिष्ट्रिक गर्वनर पिएमजेएफ शुनिल ओझा, एरिया चिफ पुरुषोत्तम प्रधाना·, जोन चेयरपर्सन एमजेएफ सन्दिप कसौधन, स्टार्सका अध्यक्ष एमजेएफ एमएल पाण्डे, डायनामिक लेडिका अध्यक्ष शान्तिदेवि पाठक पाण्डे, शिशु ज्ञानकुञ्जकी प्रधानाध्यापक रिता शर्मा लगायतले बोलेका थिए ।

    कार्यक्रमको सञ्चालन डायनामिक लेडिकाका सचिव बसन्ती भुर्तेलले गरेकी थिइन ।