प्रदेशस्तरिय ह्वीलचियर बास्केटवल प्रतियोगीता सुरु (फोटोफिचर)

  • अपाङ्गता भएका व्याक्तिहरुको खेलकूदको प्रतिभालाई उजागर गर्न
  • बुटवल, फागुन । रुपन्देहीको बुटवलमा प्रदेश स्तरिय ह्वीलचियर बास्केटवल प्रतियोगीता सुरु भएको छ । नेपाल भरबाट ७ वटा प्रदेशका ह्वीलचियर प्रयोगकर्ता खेलाडीहरुले प्रतिष्पर्धा मा सहभागी भएका छन् ।

    नेपालमा अपाङ्गता भएका व्याक्तिहरुको खेलकूदको प्रतिभालाई उजागर गर्नको लागि बुटवलमा पहिलो पटक ऐतिहासिक रुपमा राष्ट्रिय स्तरको ह्वील चियर बास्केटवल प्रतियोगीता आयोजना गरिएको लायन्स क्लव अफ बुटवल सयपत्रीकी अध्यक्ष रोशनी पाण्डेले जानकारी दिईन ।

    प्रतियोगीतामा कुल १२ वटा टिमको सहभागीता छ । सात प्रदेशबाट १र१ गरी पुरुषको ७ वटा टिम, प्रदेश १, ३, ५ र सुदुरपश्चिम प्रदेशबाट १र१ गरि ४ वटा महिला टोली र नेपाली सेनाको विभागीय टोली गरी जम्मा १२ टिम को सहभागीता रहने कार्यक्रम संयोजक लायन्स क्लव बुटवलकी कार्यक्रम संयोजक एली क्षेत्रीले जानकारी दिईन्

    प्रतियोगीतामा महिला तथा पुरुष टिम प्रथमले २५/२५ हजार रुपैयाँ सहित मेडल, कप र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै द्वितिय टिम दुबैले २०/२० हजार सहित मेडल, कप र प्रमाण पत्र र तृतिय टिमले १५/१५ हजार नगद सहित मेडल, कप र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

     

    तस्वीरहरुः पत्रकार कृष्ण खनालको सहयोगमा