बुटवलमा खुल्यो पिप्जा पाजा क्याफे

  • होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसिले उद्घाटन गर्नुभयो
  • बुटवल बुटवलको सुख्खानगरमा पिप्जा पाजा क्याफे संचालनमा आएको छ । क्याफेको एक समारोहका बिच होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसिले उद्घाटन गर्नुभयो । सो अबसरमा बोल्दै उहाले बुटवलमा होटल ब्यबसायमा अरबौ लगानी भएको बताउदै समयसापेक्ष गुणस्तरिय सेवा दिन होटल ब्यबसायी तत्पर रहेको बताउनुभयो ।

    बुटवलको कुसुमचोकमा ४ जना युवाको साढे १ करोडको लगानी र ब्यबस्थापनमा शुरु भएको क्याफेमा ओपन मम,१५ प्रकारका स्पेशल पिज्जा, चाउमिन, अल्कोटलका सबै आइटम उपलब्ध रहेको संचालक सूर्यप्रसाद खरेलले जानकारी दिए ।

    अन्य संचालकहरुमा कृष्ण प्रसाद पौडेल,हरि ज्ञवाली,कृष्ण प्रसाद बेल्बासे लगायत रहेका छन् । उद्घाटनका अबसरमा ३ दिनसम्म १० प्रतिशत छुटको ब्यबस्था पनि मिलाइएको छ । भने लाइभ म्युजिक, पारिवारिक वातावरण,आगोको चल्होमा परिकारहरु तयार गर्दै उपभोक्तालाइ स्वादिष्ट परिकार चखाइने क्याफेले जनाएको छ । सो क्याफेमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।