दुर्गा शैक्षिक गृहले मनायो वार्षिकोत्सव

  • सरकारी र नीजि विद्यालयबीच विभेद हुनुहुदैन
  • बुटवल, फागुन  रुपन्देहीको सियारी गाउंपालिकास्थित लक्ष्मणगञ्जमा सञ्चालित दुर्गा शैक्षिक गृहले आठौं वार्षिकोत्सव तथा अभिावक दिवस मनाएको छ ।

    जिल्लाको ग्रामिण क्षेत्रमा सञ्चालित विद्यालयले शुक्रबार विेशष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव, अभिभाव दिवस तथा विद्यालयले प्रकाशन गरेको दुर्गा साहित्य मञ्जरीको विमोचन गरिएको छ ।

    शिक्षाको अलवा खेलकुंद र अन्य विद्यामा फरक पहिचान बनाउन सफल दुर्गा शैक्षिक गृहले अभिभावक, विद्यार्थी, जनप्रतिनिधि र स्थानीयको सहभागितामा आफ्नो वार्षिकोत्सव मनाएको हो । सोही कार्यक्रममा बोल्दै प्रदेश नम्बर पांचका सांसद तुलसी चौधरीले सरकारी र नीजि विद्यालयबीच विभेद गर्न नहुने बताए । नेपालको शैक्षिक विकासमा नीजि विद्यालयहरुको ठूलो भूमिका रहेकाले शिक्षाप्रति राज्यले एकरुपता ल्याउने बताए । सांसद चौधरीले शिक्षामा नीज क्षेत्रले पुराएको योगदानको कदर गर्नुपर्ने बताए ।

    सरकारी र निजी विद्यालवीच कूनै अन्तर नभएको दावी गर्दै सांसद चौधरीले एकरुपता ल्याउने बताए । शैक्षिक क्षेत्रको विकास विना देशको विकासले फड्को मार्न नसक्ने भएकाले शिक्षामा एकरुपता ल्याउने विषयमा प्रदेश सरकार जिम्मेवार भएर लागेको बताए । रुपन्देहीलाई शैक्षिक हवको रूपमा विकास गर्न आफु लागि परेको दावी गरे । नीजि विद्यालय सञ्चालनमा ठूलो लगानी भएकाले नीजि क्षेत्रको योगदान र लगानीलाई राज्यले कदर गर्ने बताए । प्रदेश सांसद पुष्पा थारुनीले शिक्षाको विकासले सबै क्षेत्रको विकास सम्भव हुने बताइन । उनले गुणस्तरीय शिक्षा आजको आवश्यता भएको बताउंदै अबको शिक्षा प्राविधि हुनुपर्ने बताइन ।

    नीजि शिक्षा पुराएको योगदानलाई सरकारले सम्मान गरेर शिक्षाको विकासमा हौसला प्रदान गर्नुपर्ने उनको भनाइ छ । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिपेन्द्र ढकालले शिक्षाको महत्वलाई कमजोर बनाउन नहुने बताए । दुर्गा शैक्षिक गृहका प्रवन्द्र्वक निर्देशक राजन ज्ञवालीले शिक्षाबाट समाजलाई सेवा गर्ने भावनाले जिल्लाको ग्रामिण क्षेत्रमा विद्यालय सञ्चालन गरिएको बताए । कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, अभिभावक संघ रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, सियारी गाउंपालिका शिक्षा प्रमुख सुदिर पौडेलले आआफ्नो भनाई राखेका थिए ।

    भरतप्रसाद नेपालको अध्यक्षता, विद्यार्थी महिमा घिमिरे र सोनिया कुर्मीको सञ्चालनमा भएको कार्यक्रममा सह प्राचार्य कविराज पौडेलले विद्यालयको वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । दुर्गा साहित्य मञ्जरी नामक पुस्तक विमोचन गरिएको थियो, भने एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र शिक्षक तथा कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।