प्रदेश स्ततयरि ह्वीलचियर बास्केटवलको उपाधी आर्मी र प्रदेश ५ लाई

बुटवल, फागुन । लायन्स क्लव अफ बुटवल सयपत्री र नेपाल स्पाईनल कर्ड ईन्जरी खेलकुद संघको संयुक्त आयोजनामा बुटवलमा जारी प्रदेश स्तरिय प्रभु पे प्रथम ह्वीलचियर बास्केटवल प्रतियोगीताको उपाधि पुरुष तर्फ नेपाल आर्मी र महिला तर्फ प्रदेश नम्बर ५ ले जितेका छन् ।
शनिबार भएको फाईनल प्रतिष्पर्धामा नेपाल आर्मीले प्रदेश नम्बर २ लाई १८–१० को अन्तरले हराउदै उपाधि जितेको हो । प्रदेश नम्बर २ को समुह द्धितिय भएको छ ।


यस्तै तृतिय स्थानमा गण्ठकी प्रदेश rLत्त बुझाएको छ । गण्ठकी र प्रदेश ३ का विचमा भएको प्रतिष्पर्धामा १४–१२ को अंकले गण्डकी प्रदेश ले तेस्रो स्थान प्राप्त गरेको हो ।
यस्तै महिला टिम तर्फ प्रदेश नम्बर ५ प्रथम भएको छ । प्रदेश नम्बर १ लाई १२–०४ अंकले पछाडी पार्दै महिला तर्फ प्रदेश नम्बर ५ को टिम विजेता बनेको हो । भने प्रदेश नम्बर १ ले द्धितिय स्थान प्राप्त गरेको छ । यस्तै तृतिय स्थानमा प्रदेश नम्बर ३ र सुदुरपश्चिका विचमा भएकोमा ८–० अंकले प्रदेश नम्बर ३ विजयी भएको हो ।
महिला तर्फ प्रदेश नम्बर ५ की जर्सी नम्बर ९ ज्वोती अर्याल उत्कृष्ठ खेलाडी घोषित भईन् । हाई स्कोररमा प्रदेश नम्बर १ की जानुका तामाङ्ग घोषित भईन् । उनले जर्सी नम्बर ५ की खेलाडी उनले कुल ८ व्याक्तिगत अंक बटुलेकी थिईन् ।

यस्तै पुरुष खेलाडी तर्फ उत्कृष्ठ खेलाडी प्रदेश नम्बर २ का जर्सी नम्बर ७ खेलाडी दना तामाङ्ग घोषित भए । यस्तै हाई स्कोररमा जर्सी नम्बर ५ नेपाल आर्मी का राजु गुरुङ्ग घोषित भए । उनले खेल अवधीमा कुल ५२ व्याक्तिगत अंक बनाएका थिए ।

विजेता खेलाडीहरुलाई शनिवार एक कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमको मुख्य प्रयोजक प्रभु पे की डिजिटल फाईनान्स अफिसर रिना श्रेष्ठ, लायन्स क्लव ३२५ वि२ डिष्ट्रीक गर्भनर शुनिल ओझा, नेपाल स्पाईनल कर्ड ईन्जरी खेलकुद संघका अध्यक्ष बाबुराम मिश्र, लायन्स क्लव अफ बुटवल सयपत्रीकी अध्यक्ष रोशनी पाण्डे, कार्यक्रम संयोजक एली क्षेत्री र देवी आचार्य लगायतले पुरस्कार प्रदान गरेका थिए ।