जिल्ला स्तरीय स्नुकर प्रतियोगिता शुरु

बुटवल,  फागुन रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा बुटवलमा छैटौ जिल्लास्तरीय स्नुकर प्रतियोगिता आयोजना गरिएको छ । रुपन्देही जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष मुक्ति अधिकारीले प्रतियोगिताको उद्घाटन गर्दै पुरानो र अन्तराष्ट्रिय पहिचान भएको स्नकुर प्रतियोगितालाई अघि बढाउने काम रुपन्देहीबाट गर्न जरुरी रहेको बताए । हरेक खेलकुदमा प्रभाव जमाउन सफल भएको जिल्ला भएकाले पनि भौतिक पुर्वाधारमा कमजोर हुदा पछि परेको भन्दै उनले अब सरकारबाट खेलकुदमा लगानी बढाएको बताए ।
कार्यक्रममा वरिष्ठ सल्लाहकार सन्जयरत्न बज्राचार्यले विसं. २०७२ सालमा पाचौ सम्पन्न भएपछि रोकिएको प्रतियोगितालाई निरन्तरता ठूलो भएको बताए । अन्तराष्ट्रिय पहिचान बनाएको स्नुकर नेपालमा भने सरकारको उपेक्षामा परेको भन्दै खेलप्रेमीहरुको सहयोगमा क्रियासिल बनाएर युवा खेलाडी उत्पादन गर्न सफल भएको उनले बताए ।
कार्यक्रममा संघका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले स्नुकर खेलप्रति समाजको दृष्टिकोण परिवर्तन गराउने खेलाडिहरुको लगनसिलता भएको बताए । विकास, अनुसासन र लगनशिलता नभई खेलमा सफलता पाउन नसकिने भन्दै उनले देशमा एउटा सच्चा नागरिक जन्माउन पनि खेलकुदको योगदान रहेको बताए । खेल संयोजक बबिन थापाले १ सय ३८ जना खेलाडीहरु प्रतिस्पर्धा गरेको बताए ।
शनिबार भएको उद्घाटन खेलमा ईशान पुनले विजयी शुरुवात गरेका छन । पुनले आकाश आलेलाई २–० को सेटमा पराजित गर्दै दोस्रो चरण प्रवेश गरेका छन । खेल बेष्ट अफ थ्रिमा खेलाईएको छ ।