लन टेनिस कम्प्लेक्सको बुटवलमा उद्घाटन

बुटवल, फागुन
बुटवल देविनगरमा अत्याधुनिक लन टेनिस कम्प्लेक्सको शनिबार उद्घघाटन भएको छ । राष्ट्रिय खेलकुद परिषद मातहत जिल्ला खेलकुद विकास समिति रुपन्देहीबाट उपभोक्ता समितिमार्फत करीब ८५ लाख लागतमा अत्याधुनिक लन टेनिस कम्प्लेक्सको नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र राखेपका सदस्यसचिव केशव कुमार बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

कार्यक्रममा नेकपाका महासचिव पौडेलले दीर्घकालीन योजनासहित पाच नम्बर प्रदेशको सम्भावनालाई मध्येनजर गरी खेल पुर्वाधारमा सरकारबाट लगानी गरिएको बताए । विश्वमा नेपाललाई चिनाउने सर्वोच्च शिखर सगरमाथा र बुद्धजन्मस्थल लुम्बिनीसहित खेल पनि भएको भन्दै उनले खेल क्षेत्रमा लगानी बढाएको बताए ।

कार्यक्रममा राखेपका सदस्यसचिव केशव कुमार बिष्टले साफ र आठौ राष्ट्रिय प्रतियोगिता गरि दुई ठुला प्रतियोगिता आयोजनाको जिम्मेबारी भएको बताए । यसका लागि तिब्र रुपमा काम भैरहेको उनले बताए । काठमाण्डौ केन्द्रित राष्ट्रिय प्रतियोगिताको आठौ संस्करण पाच नम्बर प्रदेशलाई आयोजनाको जिम्मेबारीसंगै यस क्षेत्रमा धेरै पूर्वाधारका लागि बजेट परेको उनले बताए ।

‘पाच नम्बर प्रदेशमा अहिले १ अरब बराबर पुर्वाधारमा लगानी भएको छ । ’–उनले भने । यो पूर्वाधार निमार्णसंगै आगामी वर्षमा अरु पूर्वाधारको काम समेत अघि बढ्ने उनले बताए । स्थानिय सरकारबाट आवश्यक जग्गा उपलब्ध भए राखेप बास्केटबल र भलिबल कोर्टसमेत निमार्णको लागि पहल गर्ने समेत उनले प्रतिवद्धता जनाए । कार्यक्रममा जिल्ला लन टेनिस यसैबिच लन टेनिस कम्प्लेक्स निमार्ण समितिका अध्यक्ष केशव थापाले रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्गलाई निमार्णको हरहिसाब बुझाएका थिए ।