सिकेराउतसंगको सहमतिले देश कालान्तरमा दुर्घटनामा फस्छ : कमल थापा

  • सरकारले बढि सम्मान गरेकोप्रति आपत्ती
  • बुटवल, फागुन ।
    रापपाका अध्यक्ष कमल थापाले सिके राउतसंग सरकारले गरेको सहमतिले देशलाइ कालान्तरमा दुर्घटनामा फसाउने दाबि गरेका छन् ।
    ‘दस्ताबेजका बुदाहरु सरल ढंगले लेख्न सकिन्थ्यो, लुकाएर, छिपाएर, रहस्यमय छ, छलछाम,जालझेल र अर्मुत ढंगले लेखिएको छ’ उनले भने ।
    बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले मधेशमा सिके राउप पुग्दा नाराबाजी,झण्डा प्रयोग हुदा सरकार मुक्दर्शक बनेको भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले स्वतन्त्र मधेश संगठनलाइ सरकारले बढि सम्मान गरेकोप्रति आपत्ती जनाए ।
    सरकारले बिखण्डनलाइ स्वीकार गरेर सहमति गरेकोमा आपत्ती जनाउदै उनले कस्को शक्ति र प्रेरणाले सहमति भयो भन्दै प्रति प्रश्न गरे ।
    ‘देशमा सानै भएपनि बिखण्डनकारी तत्व सल्बलाए,आफैमा बिरोधाभाष ,अमुत, बिबादित र रहस्यमय छ ’, तत्कालिन माओबादीपनि सानै थियो,यो मुद्धा बेलैमा नटुंगाए कालान्तरमा द्वन्द्व हुनसक्छ । , सरकारले सिकेलाइ कारबाही गर्नुपर्छ ।
    नेपाल हिन्दुराष्ट्र बनाइछाड्ने भन्दै थापाले हिन्दुराज्यको पक्षमा देशभर जनलहर बढेको समेत दाबि गरे ।
    सरकारका गतिबिधिप्रति जनता निरास भएको उनको तर्क छ ।