लायन्स क्लव अफ बुटवल स्टार्समा नयाँ नेतृत्व चयन

  • अध्यक्षमा दिपक भट्टराई सर्वसम्म्त
  • बुटवल, फागुन । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी बर्ष २०१९—२०२०को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी बर्षको लागि नयाँ अध्यक्षको रुपमा दिपक भट्टराई चयन भएका हुन ।

    बुधकार सम्पन्न कार्यक्रमबाट २० जना नया“ कार्यसमितिको प्रथम उपाध्यक्षमा शुसिल पाण्डे, द्धितिय उपाध्यक्षमा एन्जिल मोम्मद्द मिया, तृतिय उपाध्यक्षमा विजय वर्णवाल, सचिवमा अर्जुुन गिरी, कोषाध्यक्षमा रिन्कु लिगल, सह–सचिवमा भुपेन्द्र अर्याल, सह–कोषाध्यक्षमा किरण के.सी चयन भएका हुन ।
    यस्तै मेम्बरसिप चेयरमेनमा बिष्णुु ज्ञवाली निर्देशकहरु माबृजकिशोर बर्मा, ढकेश्वर भट्टराई, रामबहादुर शाही, राजन जिसी, टेल—ट्वीटर पिताम्बर अर्याल, टेमर अब्दुल सलामत, जनसम्पर्क अधिकारीमा दुुर्गाबहादुुर आले, फाइन्नेस चियरपर्सनमा प्रदिप भट्टराई, स्पोट चियरपर्सनमा कृष्ण घर्ती, सर्भिस चियरपर्सनमा प्रेमकुमार शर्मा चयन भएका हुन ।

    अन्र्तराष्ट्रिय लायन्सको नियम अनुसार डिष्ट्रिक ३२५ बि २ नेपालको कन्भेन्सन हुन अगाबै क्लबहरुको नया“ कार्यसमिति चयन गनुपर्न भएकोले स्टार्समा २०१९÷२०को लागि नया“ कार्यसमिति चयन गरेको निवार्चन आयुुक्त आशिष कृष्ण श्रेष्ठ एमजेएफ ले जानकारी दिए ।

    कार्यक्रमा २०१८÷१९का अध्यक्ष एमएल पाण्डे (राजु) एमजेएफले नया“ कार्यसमिति बधाई र क्लबलाई कसरी आगाडी क्रियासिल गराउन र समाजिक काममा जोड दिन आग्रह गरेका थिए । उनले सामाजिक सेवा भावले स्थापना भएको क्लवले छोटो समयमा नै विभिन्न क्रियाकलापन गरी समाजमा उदहारणीय कार्य गरेको भन्दै आगामी दिनमा पनि निरन्तता दिनको लागि अग्रह गरे ।

    यस्तै कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष तथा जोन चियरपर्सन सन्दीप कसौधन एमजेएफले बोल्दै क्लवको गरिमा अझै बडि बढाउनको लागि नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरे । उनले यसको लागि सबै संगको हातेमाले समेत आवश्यक रहेको धारणा राखेका थिए ।