गोयन्का स्टील्समा आगो लाग्यो, छिनभरमै निभाईयो

  • भैरहवा र लुम्बिनीका दुई दमकलले चाँडै नै आगो निभाउन सफल भएको कम्पनीका प्राविधिकले जानकारी गराए
  • बुटवल । मायादेवी गाउँपालिका–५ सेमरी स्थित स्थित गोयन्का स्टिल उद्योगमा आगलागी भएको छ । बिहिबार करिब साढे १ बजे बजे आगो लागेको हो । कम्पनीमा आगो लागेपनि ठूलो क्षति हुनबाट भने बचेको छ ।

    गस्तीमै रहेको प्रहरी समयमै घटना स्थल पुगेपछि भैरहवा र लुम्बिनीका दुई दमकलले चाँडै नै आगो निभाउन सफल भएको कम्पनीका प्राविधिकले जानकारी गराए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी धर्मराज भण्डारीका अनुसार उद्योगमा रहेको तेलको ट्यांकी विस्फोट भएर आगो लागेको प्रारम्भिक जानकारी आएको छ। आगलागीबाट के–कती क्षति भयो भन्ने विवरण भने तत्काल भन्न नसकिने कम्पनीले जनाएको छ ।