इसुजु डि म्याक्स सिङ्गल क्याबको बुटवलमा विक्रि सुरु

  • साना तथा मझौला ढुवानी ब्यवसायि संघ रुपन्देहीका अध्यक्ष लक्ष्यण चौहान क्षेत्रीले गाडि विक्रि वितरणको शुभारम्भ गर्नु भएको हो ।
  • बुटवल, २५ बैशाख । जापानीज कम्पनीको इसुजु डि म्याक्स सिङ्गल क्याब गाडिको बुटवलमा विक्रि बिरण बुधबारबाट बुटवलमा सुरु भएको छ । विश्वमै चर्चा कमाएको तथा एक सय वर्षे इतिहास बोकेको इसुजुले ल्याएको फोर ह्वीलर सिङ्गल क्याबको विक्रि वितरण बुटवलको संग्रिला ट्रेड कन्सर्नले गरेको हो । बुटवलमा भएको कार्यक्रममा साना तथा मझौला ढुवानी ब्यवसायि संघ रुपन्देहीका अध्यक्ष लक्ष्यण चौहान क्षेत्रीले गाडि विक्रि वितरणको शुभारम्भ गर्नु भएको हो ।

    उहाँले थोरैथोरै लगानी गरेर तथा कमाएर पेशा धान्नेहरुका लागि इसुजु डि म्याक्स सिङ्गल क्याब गाडि राम्रो भएको उल्लेख गर्दै मर्मत, पाट्स र वारेन्टिमा कम्पनी तथा विक्रेताले सहि जानकारी दिनुपर्ने सुझाव दिनुभयो । संग्रिला ट्रेड कन्सर्न बुटवलका प्रवन्ध निर्देशक विनोद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा औधोगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराई, ओम केसि लगायतले आआफ्ना भनाई राख्नु भएको थियो ।

    कार्यक्रममा संग्रिला ट्रेड कन्सर्नका सेल्स म्यानेजर विष्णु भूषालले डिजेल इन्जिन भएको अफरोड तथा अनरोडका लागि उपयोगि सुजु डि म्याक्स सिङ्गल क्याब २ हजार ५ सय सिसि तथा १२ क्यून्टल क्षमता भएको गाडि भएको बताउनुभयो । उहाँले तीन वर्षे वारेन्टी भएको सिङ्गल क्याबको अहिलेको बजार मुल्य २४ लाख ९० हजार रहेको जानकारी दिनुभयो ।