लायन्स क्लवको संयुक्त आयोजनामा वृक्षरोपण तथा रोज गार्डेन शिलन्यास

बुटवल, १२ साउन ।
लायन्स क्लव अफ बुटवल, लायनेश क्लव अफ बुटवल, लियो क्लव अफ बुटवलको संयुक्त आयोजनामा शंकरनगर वन बाटिका तथा अनुसन्धान केन्द्रमा रहेको लायन्स म्यागो गार्डेनमा वृक्षरोपण गर्नुको साथै रोज गार्डेन को शिलन्साय गरिएको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी वृक्षरोपण सहित लायन्स ईन्टरनेशनल डिष्ट्रीक ३२५ वि २ का गर्भनर अनुप पहारीले वृक्षरोपणको शुभारम्भ गर्दै रोज गार्डेनको शिलन्यास गरेका हुन ।

कार्यक्रममा लायन्स क्लव अफ बुटवलका अध्यक्ष नरेश श्रेष्ठ, कार्यक्रम संयोजक रोजेश कसुजु, डिष्ट्री चिफ एड्भाईजर आर एस महतो, को चिफ एडभाईजर अर्जुन मान सैजु, एड्भाईजर पुरुसोत्तम प्रधानाङ्ग, सिनियर एड्भाईजर रामेश्वर प्रसाद श्रेष्ठ, एरिया चिफ विनोद खरेल, एरिया सेक्रेटरी ओम जैसी, रिजन चियर पर्सन सन्दिप कसौधन, जोन चियर पर्सन दिनेश प्रसाद श्रेष्ठ, वन वाटिकका अध्यक्ष बाबुराम अर्याल लगायतले आ आफ्नो भनाई रहेका थिए ।

पछिल्लो समयमा रुपन्देही जिल्लाको उत्कृष्ठ पर्यटकीय गन्तव्यको रुपमा विकास हुदै गएको उक्त वन बाटिकामा आगन्तुकहरुलाई थप आर्कषित गर्नको लागि रोज गार्डेनले थप सहयोग पु¥याउने विश्वास लिइएको कार्यक्रम संयोजक कार्यक्रम संयोजक रोजेश कसुजुले जानकारी दिए । रोज गार्डेन, चितवन जिल्ला देखि पश्चिम क्षेत्रमा शंकर नगरमा पहिलो गार्डेन हो ।

म्यांगो गर्डेन भित्र रोज गार्डेन यस क्षेत्रमा पहिलो गर्डेन भएको क्लवले जनाएको छ ।
लायन्स क्लल अफ बुटवलका अध्यक्ष नरेश श्रेष्ठले रोज गार्डेनले वातावरणमा अनुकल प्रभाव पार्नुको साथै वन बाटिकाको आय स्रोत समेत वृद्धि गर्ने विश्वास व्यक्त गरे ।