सात वटै प्रदेशमा किसान बर्गिकरण योजना र किसान परिचय पत्र लागु गर्नेःमन्त्रि खनाल

कृषि प्रदान देश नेपालमा अन्य देशबाट कृषिजन्य उपजहरु आयात हुनु नेपालको लागि दुखद विषय भएको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले बताउनु भएको छ ।
उहाँले कृषि पेशालाई आधुनिकीकरण गर्न सके मात्र कृषकहरुको जिविकोपार्जनमा सहयोग पुग्ने बताउनुभयो । कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नंं ६ मा लक्ष्मणघाट, अमौली बैदौली जोड्ने कालोपत्रे सडकखण्डको आज उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री खनालले नेपालले अहिले २५ अर्वको चामल, २९ अर्वको दाल र साडे २७ अर्वको तेल बाहिरी मुलक बाट आयात हुने बताउदै देशमा भएको जमिनलाई सदुपयोग गर्नु पर्ने आवश्यक रहेको औल्याउनु भएको छ ।
मलखाद वितरण प्रणालीमा देखिएको केही त्रुटीका कारण अहिले किसानले बढी रकम तिर्न बाध्य भएको जनाउदै आगामी वर्ष देखि मलखादको समस्या हल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाले अनुदानको मल खरिदका लागि सरकारले ९ अर्ब बाट बढाएर आगामी वर्ष १२ अर्ब पुर्याउने जनाउदै किसानलाई मलखादको समस्या समाधान हुनेमा ढुक्क रहन आग्रह समेत गर्नुुभएको हो ।
मन्त्री खनालले अब देशका सात वटै प्रदेशमा किसान बर्गिकरण योजना बनाउने र किसान परिचय पत्र लागु गर्ने योजनाका साथ अगाडी बढेको जानकारी दिदै यही बर्ष देखि कृषिमा युवा भन्ने कार्यक्रम पनि लागु हुने बताउनुभयो । यसको लागि ५० करोड रकम समेत छुट्याएको बताउनुभएको छ । कार्यक्रमका बिशिष्ट अतिथि नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्र्चाज गिरीधारीलाल न्यौपानेले गणतन्त्र पछि देशमा विकास निर्माणको सुरुवात भएको बताउदै अवको ३ वर्षमा सुखी नेपाली समृद्ध नेपालको नारा सार्थक हुने बताउनु भएको छ ।
कार्यक्रममा संविधानसभा सदस्य विश्राम प्रसाद थारुले स्थानिय तहमा शिक्षा स्वास्थ्यको क्षेत्रमा कार्यक्रम संचालन गर्न आवश्यक रहेकोले सो को सम्बन्धित पक्षसँग छलफल भैरहेको बताउनु भएको छ ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले नगरमा भौतिक पुर्वधार विकास सँगै शिक्षा, स्वास्थ्य, कृषि, पशु, खानेपानी, वन, बातावरण लगाएत सबै क्षेत्रलाई समेटेर अगाडी बढिरहेको बताउनुभएको छ ।
उहाँले नगर को वडा नं. ६ ले शत प्रतिशत कार्य सम्पादन गरेको जनाउँदै नगरले आर्थिक वर्ष ०७५÷०७६ मा ९० प्रतिशत कार्य सम्पादन गरेको र बाणगंगा नगरपालिका बेरुजु शुन्य नगर भएको बताउनु भएको छ ।
कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष सुकदेव चौधरीले मन्त्री समक्ष आगामी आ.व.०७६÷०७७ का लागी को लागि जनस्तरबाट आएको योजना माग गर्नुभएको थियो । उहाँले कृषकलाई समयमा मल उपलब्ध गराउन, नदि तथा खोला नालाको तटबन्ध गर्न , विभिन्न सडकको स्तरोन्नती लगाएतका माग राख्नुभएको छ ।
लक्ष्मणघाट, अमौली, बैदौली चोक जोड्ने सडक कालोपत्रेका लागि संघिय सरकार( संसद विकास कोष) को ५५ लाख र नगरको ३५ लाख गरि ९० लाखमा एक हजार एक सय छपन्न मिटर लामो सडक कालो पत्रे भएको हो ।
कालो पत्रे सडक उद्घाटन कार्यक्रम जल जला टोलविकास संस्था सचिव प्रकाश भुषालको संचालन, ६ नं. वडाकी महिला सदस्य शान्ता पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा शिव शक्ति टोल विकास संस्था, अमौलीकी सचिव सृजना अधिकारीले सडक कालो पत्रे गर्दा लागेको लागतको आय व्यय सार्वजनिकीकरण गर्नुभएको सो कार्यक्रममा नगर उप प्रमुख चक्र अर्याल, नेकपा कपिलवस्तुका सचिवालय सदस्य तेजेन्द्र बहादुर पाण्डेय , सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष हुमनाथ पाण्डेय, स्थानिय राजनैतिक दल, सञ्चारकर्मी लगायत आम जन समुदायको उपस्थिति रहेको थियो