लायन्स डायनामिक लेडिजले बनायो १३ लाखमा आधुनिक शौचालय

बुटवल, ३ भदौ ।  लायन्स क्लब अफ बुटवल डायनामिक लेडिजलेशंकनगर वन विहार तथा अनुशन्धान केन्द्रमा १३ लाख रुपैयाँ बराबरको आधुनिक सुविधा सम्पन्न सौचालय निर्माण गरेको छ ।
वनवाटिका भित्र रहेकोलायन्स डायनामिक पार्कमा निर्माण गरिएको आधुनिक सुविधा सम्पन्न शौचालयको सोमबार एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ ।
लायन्स क्लब इन्टरनेशनल ३२५ का मल्टिपल काउन्सिल चेयरर्पसन पिएमजेएफ सुनिल ओझा शौचालयको रिवन काटेर उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै ओझले महिला मात्रै सदस्य रहेको लायन्स डायनामिकले दोस्रो बर्षमा नै उत्कृष्ठ कार्य गरेको बताएका थिए । उनले समाजसेवा प्रतिको उक्त भावनामा आगामी दिनमा समेत अझ प्रग्राढ बन्नु पर्ने धारणा राखे । महिलाहरुले गरेको सामाजिक कार्यको सबैल्ले उच्च मुल्यांकन गर्नुपर्ने भन्दै उनले यसको सिको अन्य पुरुष तथा महिलाहरु सदस्य रहेको क्लवले गर्नुपर्ने खाँचो रहेको औल्याएका थिए ।

कार्यक्रमा संथापक अध्यक्ष शान्ती पाठक पाण्डेले शौचालय निर्माण गर्दा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै प्रकृतिको सहयोगको अपेक्षा राखेको धारणा राखिन् ।
सोही अवसरमा क्लवले आफ्नो पार्कमा बृक्षारोपण समेत गरेको छ । लायन्स इन्टरनेशनलको कार्ययोजना अनुरुप बर्षमा बिश्वका २१० देशमा १ करोड बिरुवा रोपी वातावरणलाई हराभरा बनाउने उदेश्यका साथ इन्टरनेशनको नारालाई आत्मसाथ गर्दै डायनमिक लेडिजले पार्कमा बृक्षारोपण गरिएको क्लबका अध्यक्ष रिता शर्माले बताइन ।
बृक्षारोपण कार्यक्रमा डिष्ट्रिक कोचिफ एडभाईजर द्वय सुरेश रत्न बर्जाचार्य, अजुर्मान शैजु, एरिया ४ चिफ बिनोद खरेल, पर्व एरिया ४ चिफ पुरुसोत्तम प्रधानाङ्ग, रिजनचेयरमेन संदिप कसैधन, शंकरनगर वन विहार तथा अनुशन्धान केन्द्र(वनबाटिका)का अध्यक्ष बाबुराम आचार्य, लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष दिपक भट्टराई, क्लबका सचिव दिपा रजाली लगाएत बोलेका थिए ।