काँग्रेस नेता निधी आरोप : ओलि सरकारले सातै प्रदेश मुख्यमन्त्रीलाई कमजोर बनाउदै

बुटवल, भदौ नेपालीकांगे्रसका उपसभापति विमलेन्द्र निधिले ओलि सरकारले अधिकार आफै सकुचित गरेर राखी प्रदेश मुख्यमन्त्री र गृहमन्त्री कमजोर बनाएको आरोप लगाएका छन् ।
उनले संविधान र संघीयमर्म अनुसार सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार नदिदा सुरक्षादेखी धेरै बिषय प्रदेशमा मूख्यमन्त्री कमजोर भएको बताए । उनको सातै प्रदेशका मुख्यमन्त्रीलाई निरही बनाउने काम सरकारले गरेको दाबी रहेको छ । ।

रिपोर्टर्स क्लवले मंगलबार आज बुटवलमाआयोजना गरेको साक्षात्कारमाबोल्दै सरकार संविधान र संघीयमर्म अनुसार चल्ननसक्दालोकतन्त्र कमजोर बनेको बताए ।उनले सरकार र सत्तापक्षीयदल नेकपाका कारण संधिान र संघीयता धरापमा परेको आरोप समेत लगाए ।सरकार अपरिपक्क र फितलो हुंदा संविधानकार्यान्वयनहुन नसकको दावी गरे।

पूर्व गृहमन्त्रीसमेत रहेका नेतानिधीले सरकारले शान्तिसुरक्षादिननसकेको उल्लेख गर्दै हत्यारा, अपराधी, डकैतीगर्नेहरुलाई पक्राउगर्न नसक्नु सरकारको असफलताभएको बताए । उनले निमर्ला हत्या प्रकरण रेकडेट युस्सु भएको समेत दावी गरे ।

उनले कांगे्रसको नेतृत्वमा संविधान र संघीयताआएको दावीगर्दै कांगे्रस संविधान र संघीयताको पक्षमा रहेको बताए ।
।राजनीतिकअधिकार र विकासकाकामलाई जनतासम्म पुराउने गरी कांगे्रसले माथिदेखि तलसम्मप्रशिक्षणचलाएको बताए ।सोही क्रममा प्रदेश ५ मा दुई दिने प्रशिक्षण चालएको छ । नेपाली काँग्रेसले प्रदेश तल्लो तह बलियो बनाउदै जुन सुकै बेला पनि हुने निर्वाचनमा हुदाँ हुने तयार बन्ने बताए ।रामकुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको सञ्चालनमाकार्यक्रमभएको थियो ।