पहिरो प्रभावितको पिडामा मल्हम लगाउदै बुटवलका लायन्स क्लवहरु

  • लायन्स क्लवको आयोजनामा गुल्मीको सत्यवतीमा आर्थिक तथा जिन्सी सहयोग
  • बुटवल, १७ साउन
    संयुक्त लायन्स क्लवको टोलीले गुल्मीको सत्यवती गाउँपालिमा पहिरो प्रभावितहरुलाई राहत प्रदान गरका छन् ।
    विहिबार पहिरो प्रभावित क्षेत्र गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर–३ ठुलोलुम्पेकमा एक कार्यक्रमको आयोजना गरी नगद सहित जिन्सी सामाग्री प्रदान गरिएको हो ।
    लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ बुटवल स्मार्टसीटी, लायन्स क्लब अफ बुटवल सयपत्री, लियो क्लब अफ बुटवल स्टार्स, लियो क्लब अफ सिद्धबाबा, लियो क्लब अफ बुटवल ले सयुक्त नगद सहित राहत प्रदान गरेका हुन ।
    ‘जहाँ दुःख छ त्यहाँ पुग्छ’ भन्ने लायन्स स्टार्सको मुलमत्रलाई आत्मसाथ गर्दै साउन ७ गते अबिरल बर्षाको कारण गएको पहिरोबाट विस्तापितहरुलाई नगद ५५ हजार रुपैयाँ सहित ३५ हजार रुपैयाँ बराबारको पि–मेट समेत प्रदान गरिएको लायन्स स्टार्सका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए ।


    क्लवका अध्यक्ष भट्राईका अनुसार संयुक्त रुपमा प्रदान गरिएको उक्त नगद सहितको राहत सामग्री सत्यवती गाउँपालिका वडानम्बर ३ का वडा सदस्यहरु नरमाया राना, अर्जुन तमु र बिपत ब्यावस्थापन समिती सदस्य जुक्त थापालाई हस्तारण गरेको थियो ।
    कार्यक्रममा लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीका अध्यक्ष सुरेन्द्र भारी, लियो क्लव अफ स्र्टासका अध्यक्ष अर्जुन श्रेष्ठ, लियो क्लव अफ बुटवलका अभिनास श्रेष्ठ, लियो क्लव अफ सिद्धबाबाका अध्यक्ष धर्मराज आचार्य लगायतको सहभागीता रहेको थियो ।
    कार्यक्रममा बिपत ब्यावस्थापन समिति सदस्य जुक्त थापा ले सहयोगी मनहरुलाई धन्यावाद दिएका थिए । लायन्स क्लव अफ बुटवल स्टार्सका सदस्य पिताम्बर अर्यालको सञ्चालनमा भएको कार्यक्रम लायन्स क्लव बुटवल स्टार्सका पिआरओ दुर्गा बहादुर आले को संयोजकत्वमा भएको थियो ।