कृषि मन्त्री आफै अनुगमनमा निस्कीएपछि व्यसायीहरु भागाभाग

बुटवल, साउन ।

प्रदेश नम्बर ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शुक्रबार बुटवलमा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्रको छड्के अनुगमन गर्नुभएको छ ।
कृषि मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी, प्रदेश सभाको कृषि वन तथा वातावरण समितिका विजय बहादुर यादव, सदस्यहरु सांसाद चेतनारायण आचार्य, कमल श्रेष्ठ, रमा धर्तीमगर सहित बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख रुद्र ज्ञवाली र मन्त्रालयका अनुगमन तथा योजना महाशाखा प्रमुख विनोद घिमिरेको सहित प्रहरी कार्यालय र प्रशासनको समेत संलग्नतामा संयुक्त छड्के अनुमगन गर्नुभएको हो ।
उपभोक्तालाई चर्को मुल्यमा कृषि उपज विक्रि गरिरहेको भन्ने सूचनाको आधारमा प्रदेश सरकारले अनुमगन तथा निरिक्षण गरेको मन्त्री पौडेलले जानकारी दिनुभयो । 
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीको संयोजकत्वमा गएको टोलीले छड्के अनुमगन गर्न थालेपछि व्यवसायीहरुले आ आफ्नो व्यवासाय सहयोगीलाई छाडेर भागेका थिए ।
अधिकांस व्यवसायीहरुले बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका साविक बाणिज्य कार्यालयमा दर्ता नै नगरी व्यवसाय सञ्चालन गरेको पाइएको छ ।
अनुगमनको क्रममा व्यवसाय सञ्चालन गरिरहेका अधिकांस व्यापारिहरुको बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयमा दर्ता नै नगरि स्थानिय निकाय बुटवल उपमहानगरपालिकामा मात्रै दर्ता गरी सञ्चालन गरेको पाइएको कार्यालयका निमित्त प्रमुख रुद्र प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
कुल १२ वटा पसल मा अनुगमन गर्दा ६ वटा सटरहरुमा व्यसाय गर्ने व्यसायीहरुलाई पत्र नै काटेर सचेत गराइएको छ भने एक वटा व्यवसायीको सटरको सबै सामानहरु अर्को व्यवस्था नभए सम्मको लागि विक्रि निषेध गरिएको छ ।
बाणिज्य,आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाका निमित्त प्रमुख रुद्र प्रसाद ज्ञवालीले अधिकांस व्यवसायीहरुले व्यवसाय सञ्चालनको लागि कार्यालयबाट दर्ता अनुमती नै नल्याएको पाइएको जानकारी दिनुभयो ।


भारतबाट खरिद गरि ल्याइएको तरकारी, फलफुको भन्सार दाखिला पत्र नै नभएको, विक्रि गरिएको कृषि जन्य उपजको विवरण नराखिएको, कृषि जन्य बस्तु विक्रिको पनि कुनै पनि कागज(विल) नराखिएको अनुगमनको क्रममा पाइएको उहाँको भनाई रहेको छ ।
बुटवल कृषि उपज तथा थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीको पसल अनुगमन गर्दा बाणिज्य कार्यालयमा दर्ता नै नभएको पाइएको छ । बाणिज्य,आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय मा दर्ता गरेर मात्रै व्यवसाय सञ्चालन गर्नुपर्ने प्रावधानमा यसमा दर्ता नै नभएको कारण सचेत पत्र काटेर तुरुन्त दर्ता गर्नको लागि अनुगमन टोलीले सचेत गराएको छ ।

व्यवसायीहरुबाट स्वाथ्यको लागि हानिकारक विषादी समेत प्रयोग गरि कृषि उपज विक्रि वितरण गर्ने गरेको पाइएकोले उक्त विषादी नियन्त्रण्मा लिएर आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाइएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीले जानकारी दिनु भयो । भन्दा ३ बर्ष पहिला नै सरकारले निशेध (ब्याण्ड) गरेको कोर्बोन्जेव समेत विषादी प्रयोग गरिएको अनुगमन टोलीले फेला पारेको थियो ।


भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पहिलो चरणमा व्यवसायीहरुलाई सचेत बनाइएको जानकारी दिनुभयो । उहाँले व्यवसायको नाममा उपभोक्ताहरु माथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको भन्दै दास्रो चरणमा कारवाही समेत गरिने जनाउनुभयो ।