कपिलवस्तुमा ट्याक्टरकाे ठक्करबाट एक जनाको मृत्यु

कपिलवस्तुको वाणगंगामा ट्रयाक्टरको ठक्करबाट एक जनाको  ज्यान गएको छ । वाणगंगा नगरपालिका वडा नं. ७ गौरिचोक निवासी राजकुमार चौधरीका छोरा कक्षा ८ मा अध्ययनरत १४ बर्षिय रञ्जित थारुको घट्नास्थलमै ज्यान गएको हो । ना ६ त ७४०१ नम्बरको ट्रयाक्टरले पछाडि गर्ने क्रममा  ठक्क्र दिएको ईलाका प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।

घरनजिकै ट्रयाक्टरले माटो पाट्ने गर्ने क्रममा वालकलाई ठक्कर दिएको स्थानीयले बताएका छन् । ठक्कबरबाट उनको टाउकोमा चोट  लागेर घट्नास्थलमै ज्यान गएको हो । दुर्घट्ना पछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरी नायव निरिक्षक टुक बहादुर खत्रीको नेतृत्वमा आएको प्रहरी टोलिले घट्नाको अनुसन्धान भईरहेको जानएका छन। छोरको मृत्युपछि परिवार शोकमा डुबेको छ । ठक्कर दिने ट्रयाक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव निरिक्षक खत्रीले जानकारी दिएका छन् ।