अर्घाखाँची प्रिमियर लिग सिजन–३ को लागी नयाँ लोगो सार्वजनिक

३० साउन अर्घाखाँची, अर्घाखाँची क्रिकेट संघले तेस्रो संस्करणको अर्घाखाँची प्रिमियर लिगको लोगो सार्वजनिक गरेको छ । अर्घाखाँची प्रिमियर लिगको सिजन–३ का लागी नयाँ लोगो सार्वजनिक गरिएको अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिनुभयो । आश्विनको अन्तिम साता सुरु हुने प्रतियोगिताको दर्ता प्रक्रिया भाद्र १ देखी ३० गतेसम्म राखिएको छ ।
सन्धिखर्कको टुँडिखेलमा हुने खेलहरु टि–२० फरम्याटमा खेलाईनेछ । यस अँघिका दुईओटा संस्करणमा ४ टिमको सहभागिता रहँदै आएकोमा यसपाली ६ वटा टिमको सहभागिता रहने अर्घाखाँची क्रिकेट संघले जनाएको छ । खेलको मिती र टिमको बारेमा छिट्टै पत्रकार सम्मेलन मार्फत जानकारी गराईने अर्घाखाँची क्रिकेट संघका अध्यक्ष भट्टराइको भनाई छ ।