नेपाली सेनाको ट्रकको ठक्कर बाट कलाकारको निधन

  • नेपाली सेनाको ट्रकको ठक्कर बाट कलाकारको निधन
  • काठमााडौं २०
    अर्घाखाँची जिल्लाको साबिक गोखंगा हाल मालारानी ९ सेपाने निवासी एल. बि. पुनको सडक दुर्घटनामा भदौ १९ गते साँझ मृत्यु भएको छ।
    आफैले चलाई रहेको मोटरसाइकललाई नेपाली सेनाको ट्रकले एक्कासि ठक्कर दिए पछि गम्भीर घाइते भएका निजको ट्रमा सेन्टरमा मृत्यु भएको थियो।
    आफ्नो कलाकारिता लाई ब्यबसायिक रूपमा अंगाली रहेका निज पुनको मोटरसाइकल दुर्घटना भै वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ।
    नेपाली लोक ,कला संस्कृतिका एक अभियन्ता पुन ले काठमाडौमा बसेर लोक ,दोहोरी ,नृत्य र अभिनयमा सक्रिय रूपमा लागेका ब्यक्तित्व थिए।
    साँच्चिकै बहुप्रतिभाका खानी नै थिए।त्यस्तैको मृत्यु अप्रत्याशित रूपमा हुँदो रहेछ।हाम्रो दाजुभाइको आँखाको नानी नै चुडेर लग्यो अत्यन्तै दुखित हुँदै सोही वडाका अध्यक्ष फन बहादुर पुनले बताउनु भयो।
    अन्दाजी २७ बर्षिय एल. बि. पुनको दुखद निधनले अर्घाखाँची जिल्लाले एक कुशल ,प्रतिभावान कलाकार गुमाएको अर्घाखाँची काठमाडौ कलाकार समाजका अध्यक्ष मधुसूदन बन्जाडेले बताउनु भयो।
    घटनाको जानाकारी पाउँन बित्तिकै विभिन्न कलाकार जिल्लाबासिको ट्रमा सेन्टरमा भिड लागेको थियो।
    उहाँ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल बानेश्वर कोटेश्वर समितिको सह – सचिबको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
    मृतकको पोस्टमार्टमको निम्ति शिक्षण अस्पताल महाराजगन्जमा राखिएको निजका अंकलको छोरा तिलक पुनले बताउनु भएको छ।
    घटनामा संलग्न ट्रक चालकलाई कानुनी कार्बाही र उचित क्षतिपूर्तिको ब्यबस्था नभएसम्म पोस्टमार्टम पछि पनि लास नबुझ्ने परिबारले जनाएको छ।