आत्महत्या गर्न प्रयास गर्नेे वडा अध्यक्षको यस्तो छ छिल्लो अबस्था

  • आत्महत्या गर्न प्रयास गर्नेे वडा अध्यक्षको यस्तो छ छिल्लो अबस्था
  • आत्महत्या प्रयास गरेका बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालको अवस्था स्थीर रहेको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन ।
    भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजको सघन उपचार कक्ष्ँमा उपचार भइरहेका नेपालको अवस्था स्थीर रहेको चिकित्सकले बताएको बुटवल उपमहानगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष टंक पराजुलीले जानकारी दिए ।
    आफैले स्वास फेर्न नसक्ने भएपछि भेन्टिलेटरमा राखेर उपचार भई रहेका उनको अवस्था बारे आईतवार सांझ सम्म मात्र बताउन सकिने बताएको पराजुलीले जानकारी दिए ।
    नेपालले वडा नं. २ पुरानो बुटवल बजारस्थित आफ्नै घरमा बिहान ९ बजे सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका थिए ।
    आफ्नो कोठाको ढोका बन्द गरी सिलिङ पंखामा झुण्डिदै गरेको अवस्थामा आमाले देखेपछि छिमेकीलाई खबर गरेपछि छिमेकीको सहयोगमा डोरी काटेर अस्पताल पु¥याएको थियो ।
    तत्कालै लुम्विनी प्रादेशिक अस्पतालमा ल्याईएका उनको त्यहा उपचार हुन नसक्ने भएपछि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो ।
    केहि दिन यता निरन्तर मादक पदार्थ सेवन गरेका कारण नेपाल नियमित रुपमा वडाको काममा र नगरपालिकामा आयोजित कार्यक्रमहरुमा समेत सहभागी भएका थिएनन ।
    नेपालले के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको भए पनि पछिल्लो समय अलि बढि तनावमा रहेको बताईएको छ ।