नेपाल अटो मेकानिकल ट्रेड यूनियनको आयोजनामा डेंगु राेग नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

  • नेपाल अटो मेकानिकल ट्रेड यूनियनको आयोजनामा डेंगु राेग
  • बुटवल, २४ भदौ । मुलुकभर डेंगुको संक्रमण फैलिरहेको अबस्थामा नेपाल अटो मेकानिकल ट्रेड यूनियन उजिरसिंहनगर बुटवलको आयोजनामा डेंगु राेग नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

    बुटवलको उजिरसिंहनगरको अटो क्षेत्रमा काम गर्ने मजदुर तथा व्यवसायी गरी १२ जनामा डेंगु भेटिएकाले मैनावगर क्षेत्र भित्र रहेका सम्पूर्ण ग्यारेजहरुकाे सरसफाइ तथा अाैषधि छर्ने कार्यक्रम गरिएको आयोजकले जानकारि दिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल अटाे मेकानिकल ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जीवन अधिकारीले अहिले फैलिएकाे डेगाे राेग महामारिका रुपमा बढ्दै गएकाे बताए ।
    मैनाबगर क्षेत्रमा धेरै ग्यारेजहरु भएको हुनाले यस क्षेत्रमा सरसफाइको कमिले गर्दा डेंगुकाे उच्च जाेखिम काे रुपमा रहेकाे उनले बताए ।

    यसबाट बच्नकाे निम्ति सरसफाइ महत्त्वपूर्ण रहेकाे बताउदै यस क्षेत्रलाई सरसफाइ गरि यसबाट बच्नकाे निम्ति सावधानि अपनाउन अागह गरे । यस ट्रेड युनियनले जुन खालकाे सरसफाइ तथा सचेतनामुल कार्यक्रम राखेकाेमा धन्यवाद व्यत गरे । याे राेग नियन्त्रण नहुनजेल सम्म यसलाई निरन्तर रुपमा अगाडि वढाउन अागह गरे । याे महामारिबाट बाच्नकाे निम्ति सबैले अा अाफ्नाे ठाउँबाट अभियानहरु सन्चालन गर्नु पर्ने बताए ।

    कार्यक्रम अटो मेकानिकल ट्रेड यूनियन रुपन्देहीका अध्यक्ष गोपाल कुँवरको अध्यक्षता तथा सचिब अर्जुन भण्डारी भण्डारीकाे सन्चालनमा सम्पन्न भएको थियोे ।